चितवन,असार २-
चितवनको कालिका नगरपालिका ६ स्थित खोलेसिमल बजारमा हतियार देखाएर अज्ञात समूहले सुनचाँदी पसल लुटपाट गरेको छ । शनिवार साँझ ८ः४० बजेको समयमा बिनोद सुनारले संचालन गरेको बिनोद सुनचाँदी पसलमा लुटपाट गरेको हो ।
पसलबाट ३५ केजी चाँदी, ३ केजी सुन र नगद २ लाख रुपैंया चोरी भएको छ । चोरी भएको भनिएको मध्येको ७७६.८१ ग्राम सुन पसलमै फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लुटेरा समूहले सिसिटिभी रेकर्ड हुने डिभाइससमेत चोरेर लगेको छ ।
पसल बन्द गर्ने समय पारेर लुटपाट गरिएको हुनसक्ने प्रहरीले जनाएको छ । पसल लुटपाट गर्ने समयमा संचालक नरहेको र कामदारमात्र रहेको जनाइएको छ ।
पसलबाट कति सुनचाँदी चोरी भएको भन्ने विवरण संकलन र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चोरीमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार