चितवनको माडी नगरपालिकाको मेयरमा एमालेकी ताराकाजी विजयी

चितवन, जेठ ३ –
माडी नगरपालिकाको मेयरमा नेकपा ९एमाले०की ताराकुमारी काजी महतो विजयी भएकी छन् ।
पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उमेदवार बनेका नेकपा (माओवादी केन्द्र)का ऋषी काफ्लेलाई दुई हजार १७२ मतले पछि पार्दै महतो मेयरमा निर्वाचित भएकी हुन् ।

महतोले नौ हजार ९०१ मत गरिन् भने काफ्लेले जम्मा सात हजार ७२९ मत मात्रै प्राप्त गरे ।