त्रिविले उत्तरपुस्तिका हराएपछि वीरेन्द्र क्याम्पसले गर्यो पुन:परीक्षाको तालिका सार्वजनिक

भरतपुर, १५ चैत
भरतपुर-१० स्थित वीरेन्द्र बहुमुखी क्याम्पसले पुन:परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
क्याम्पसले आज एक सूचना जारि गर्दै चार वर्षे बीए पहिलो वर्ष जनसंख्या विषयको पुन परीक्षाको तालिका सार्वजनिक गरेको हो । सुचनामा विद्यार्थीहरुलाई क्याम्पसमा तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ ।

पहिलो वर्ष जनसंख्या विषयको परीक्षा गत बैशाखमा भएको थियो । तर त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले विद्यार्थीको उत्तर पुस्तिका हराएको भन्दै पुन: परीक्षा लिन निर्देशन दिएको हो ।