काठमाडौं । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न काठमाडौं महानगरपालिकालाई आन्तरिम आदेश दिएको छ।
शुक्रबार न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले यस्तो अन्तरिम आदेश जारी गरेको हो।
महानगरले सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । त्यसविरुद्ध श्रीराम टोबाको उद्योगसहित सुर्तीजन्य पदार्थसम्बन्धी व्यवसायीका पक्षबाट गत मंसिर २६ गते यो रिट दायर गरिएको थियो।
महानगरको निर्णयले उद्योग व्यवस्थामा प्रतिकूल असर गरी अपूरणीय क्षति पुग्न सक्ने इजलासको ठहर छ ।








