धनुषा, २९ मङ्सिर
पानी जमेको खाल्डोमा एक बालिकाको शव फेला परेको छ ।
धनुषाको सबैला नगरपालिका-९ कुसमहाकी अन्दाजी पाँच वर्षीया बालिका राखी यादवको शव फेला परेको हो । उनि बुधबार घरनजिकैबाट हराएकी थिईन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले दिएको जानकारी अनुसार पानी जमेको खाल्डोमा उनको शव नग्न अवस्थामा फेला परेको हो ।
शवको प्रकृतिले घटना शंकास्पद देखिएको उनले बताए ।
दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








