बिराटनगर, २६ मङ्सिर
कोशी कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि ‘पहिचानवादी’ कार्यकर्ताले ढुंगा प्रहार गरेका छन् ।
मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुन जाने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि कार्की सवार गाडीमा ढुंगा प्रहार गरिएको हो ।
ढुंगा लागेर मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोज लामाले जानकारी दिए । कार्की सकुशल रहेको उनले बताए ।
घटनामा संलग्नको कार्यकर्ताको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।








