विराटनगर, २० मङ्सिर
विराटनगर महानगरपालिका–७ स्थित जलजला मोडमा रहेको गोदाममा आगलागी हुँदा एकको मृत्यु भएको छ भने तिनजना घाइते भएका छन् ।
मृत्यु हुनेमा ३० बर्षिय दीपक मण्डल रहेका छन । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
थप तीन जनाको अवस्था गम्भीर रहेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार तीनजनाको ८० देखि ९० प्रतिशत शरीर जलन भएको छ।
दुईजना घाइतेको न्युरोमा र एकको कोशी अस्पतालमा उपचार भइरहेको उनले बताए ।