रूपन्देही, १६ मङ्सिर
रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं-४ का २१ वर्षीय मोहम्मद ईरसाद र १६ वर्षीया रुविना खातुनको २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुन रहेका छन् ।
यसैगरी सोही ठाउँकै १७ वर्षीया अप्सना खातुन गम्भीर घाइते भएकी छिन् । उनको भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बसको ठक्करबाट दुईजनाको मृत्यु भएपछि स्थानीयले स्कुलबसमा आगजनी गरेका छन् । घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ।
लुम्बिनीबाट कर्कहवातर्फ जाँदै गरेको लु१क १७७८ नम्वरको सिद्धार्थ बोर्डिङ स्कुल सूर्यपुराको बसले लु१प ८४८२ नम्वरको मोटरसाईकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार