काठमाडौँ ७ मङ्सिर
व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द गर्ने घोषणा गरेका छन् ।
काठमाडौँको बल्खुमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईले काठमाडौं बन्दको घोषणा गरेका हुन् ।
प्रसाईंका अनुसार बिहीबार बल्खुको आन्दोलनमा प्रहरीले आफ्नो आन्दोलनमा हस्तक्षेप गरेपछि भोलिदेखि काठमाडौँ बन्द गर्ने भएका हुन् ।
बिहीबार केही मात्रामा काठमाडौँ खुला भए पनि भोलिदेखि काठमाडौँ पूर्ण रुपमा बन्द हुने प्रसाईंले बताएका छन् ।