काठमाडौँ ७ मङ्सिर
एमाले नेता तथा राष्ट्रिय युवा संघका संयोजक महेश बस्नेतले दुर्गा प्रसाईँको अराजकता समाप्त भएको बताएका छन् ।
काठमाडौँको तीनकुनेमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता बस्नेतले कुशासनका विरुद्ध र सुशासनका पक्षमा आफूहरूले थालेको आन्दोलन नरोकिने समेत बताएका छन् ।
बस्नेतले भने, ‘आजबाट दुर्गा प्रसाईँ नामको अराजकता सदाका लागि समाप्त भएको छ। प्रसाईँ बौलाएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई उपचार गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।
उनले प्रसाईँमाथि बैंक ठगेको र राजश्व छलेको आरोपमा गिरफ्तार गर्न समेत सरकारलाई आग्रह गरे ।