धनगढी, १ मङ्सिर
धनगढीमा अस्पतालबाटै ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक रमेश भण्डारी रहेका छन् ।
कात्तिक २६ गते धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा भण्डारी पक्राउ परेका हुन् ।
अस्पतालको सिसिटिभी फुटेज हेर्दा कात्तिक २६ गते राति ११ बजेर ४८ मिनेटको समयमा भण्डारीले ल्यापटप चोरीको गरेको देखिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार भण्डारीमाथि चोरी मुद्दा दर्ता गरि सात दिन म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ।
अपराधलाई नियन्त्रण गरेर समाजमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएका सुरक्षाकर्मीबाटै चोरीका घटना हुँदा प्रहरी संगठन लज्जास्पद भएको डिएसपी चन्दले बताएका छन्।