मोरङ, १४ असोज
मोरङमा नक्कली भारतीय नोटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–६ का ३४ वर्षीय ईशान अन्सारी छन् ।
विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपरमार्केटबाट ५०० दरका सात र २०० दरका २० थान नक्कली भारतीय नोटसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
सो सुपरमार्केटबाट एक हजार ६०० रुपैयाँबराबरका विभिन्न सामान खरिद गर्दा अन्सारीले नक्कली भारतीय नोट दिएका थिए । उक्त नोट र उनले प्रयोग गरेको बा१६च ७६१३ नम्बरको कारसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।