काठमाडौँ, ५ असोज
सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरूले सडकमै हाजिर गरेका छन् । उनीहरूले शुक्रवार माइतीघर मण्डलामै सांकेतिक विरोधस्वरुप हाजिर गरेका हुन् ।
बुधवार र बिहीवार आन्दोलन गर्दै नयाँ बानेश्वरसम्म पुग्ने गरेका उनीहरू शुक्रवार भने माइतीघरमै बसेका छन् ।
शिक्षकको आन्दोलनका कारण काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा शुक्रवार पनि सवारी आवागमन ठप्प भएको छ ।