काठमाडाैं असोज ५,
सरकारसँग हुने भनिएको वार्ता अनिश्चित भएपछि आन्दोलनरत शिक्षकहरुले शुक्रवार दिनभर जसो माइतीघर मण्डलामा बसेर विरोध जनाएका छन् ।
आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज हुने भनिएको वार्ता अनिश्चित बनेको छ । दिउसो ३ बजेसम्म बार्ता शुरु भएको छैन ।
बुधवार र बिहीवार आक्रामक देखिएका शिक्षकहरु शुक्रवार भने अलि मत्थर देखिएका छन् । उनीहरुले माइतीघर मण्डलामा नाचगान गरेर समय व्यतित गरेका छन् । अपरान्ह पानी परेपछि भने शिक्षकहरु तितरबितर भएका छन् ।
वार्ता समिति गठनका लागि भन्दै महासंघको आन्दोलन परिचलान समितिको बैठक बसिरहेको छ ।विद्यालय शिक्षालाई स्थानीय तहबाट मुक्त गर्नुपर्ने लगायत १७ बुँदे मागसहित शिक्षकहरू आन्दोलनमा छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार