बाँके, ४ असोज
कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर जेलमा रहेका नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाल रिहा भएका छन्।
काङ्रेस निकट मानिने रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारेर कैद माफी मिनाहा गरेका हुन्।
नेपालगंज लगायत बाँके जिल्लामा हुने ठेक्का पट्टा, व्यवसायीहरुबाट असुल्ने रकमको विषयमा भएको विवादको कारणलाई लिएर बाँकेका २८ वर्षीय चेतन मानन्धरलाई वि.स २०७२ असार २८ गते योजनाबद्ध रुपमा खुँडा हानेर मारेका थिए। सोही हत्या गरेको घटनामा उच्च अदालत नेपालगंजको २०७६ फागुन २८ गते फैसलाले रिगलसहित सबैलाई जन्म कैद सजायको फैसला सुनाएको थियो।
ढकाल हत्यारा पुष्टि भएर जेल जानुअघिसम्म नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति थिए । प्रहरीका अनुसार रिगल गुण्डा नाइके तथा ठेक्कापट्टा र अबैध असुलीका मास्टर माइन्ड हुन् ।