काठमाडौं असोज १,
पर्साको विरगन्ज महानगरपालिका–१६ नगवास्थित सीमा क्षेत्रबाट १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको छ । सोमबार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले १० बोरा लत्ताकपडा बरामद गरेको हो ।
भारतबाट अवैधरूपमा १० वटा साइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेका व्यक्ति भने टाढैबाट सुरक्षा फौजलाई देख्नासाथ भागेको सशस्त्र प्रहरीले जनाएको छ ।