राँझा, ३१ भदौ
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ स्थित सडकमा बम विस्फोट भएको छ । विस्फोटका कारण राजमार्गको आधा खण्ड भत्किएको छ ।
विस्फोट भएको उक्त बम द्वन्द्वकालमा राखिएको आशंका गरिएको छ ।
लम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी उमेशराज जोशीले दिएको जानकारी अनुसार प्रारम्भिक अनुसन्धानबाट उक्त विस्फोटक पदार्थ पुरानो भएको खुलेको छ ।
“घटना रातिको हो । सडकखण्ड छेउछाउका कसैले पनि चाल पाएका रहेनछन् । पछि खाल्डो परेको देखिएपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा पुराना तारहरू र केही पदार्थ भेटिएका छन् । ती द्वन्द्वकालको जस्तो देखिन्छ,” डीआईजी जोशीले भने ।