काठमाडाैं, साउन २९
नेपाल राष्ट्र बैंकको टक्सार महाखाशाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद करीब सय किलो भनिएको सुन जोख्ने भएको छ ।
टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले आज (सोमवार)बाट सुन जोख्ने प्रक्रिया शुरू गर्न लागिएको जानकारी दिए । राजस्व अनुसन्धान विभागले सुन जोख्ने प्रकृयाको लागि आग्रह गरेकोले आवश्यक प्रक्रिया पुर्याएर आजबाट सुन जोखिने उनले बताए ।
साउत २ गते ब्रेक सुमा लुकाएर ल्याएको सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट समातेर साउन ३ गते राष्ट्र बैंकको टक्सार विभागमा पठाएको थियो । यसको यकिन विवरण आउनासाथ जानकारी दिने पनि उनले बताए ।