काठमाडाैं साउन २८,
बाँकेको मानखोला बेलगाँउ केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार जलसतह अझै बढ्दो क्रममा रहेको छ ।
मानखोला तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू-भागहरूमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तै बबई नदी चेपाङ र भादा केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको महाशाखाले जनाएको छ । त्यहाँ पनि जलसहत बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । बबई नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।