बुटवल, साउन २३
यात्रुबाहक बसले ठक्कर दिएर कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ खरखरेमा १० वटा गाईगोरु मरेका छन् ।
काठमाडौंबाट दाङ जाँदै गरेको बाप्र०१००६ ख ५१७१ नम्बरको यात्रु बसले सडकमा रहेका चौपायालाई ठक्कर दिएको थियो ।
घटनाबाट ५ गाई र ५ गोरु मरेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीन घलेले जानकारी दिए ।
बुद्धभूमि र बाणगंगा नगरपालिकाको सीमा क्षेत्रमा भएको दुर्घटनामा अन्य ४ वटा गाईगोरु घाइते भएका ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।
बसमा सवार यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ । चालक र बस प्रहरीको नियन्त्रणमा रहेको छ । मरेका गाईगोरुलाई बुद्धभूमि नगरपालिकाको सहयोगमा गाडिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार