काठमाडाैं, साउन २३
बाढीमा फसेको एउटा गाडी उद्धार गर्न गएको क्रेन आफैं बाढीमा फसेको छ ।
ललितपुरको सानेपास्थित कालो पुलमुनि फसेको गाडीलाई उद्धार गर्न गएको क्रेन बाढीमा आफैं फसेको हो ।
अहिले फसेको कार र क्रेनलाई उद्धार गर्न अर्को क्रेन आएको छ । त्यो क्रेनले फसेको जीप र क्रेन दुवैको उद्धार गर्ने छ ।
सोमवार रातिदेखि अविरल वर्षापछि काठमाडौंका विभिन्न ठाउँमा बाढी पसेको छ भने केही ठाउँ डुबानमा परेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार