काठमाडाैं साउन २१,
काठमाडौंको तारकेश्वरमा शनिवार राति पहिरोमा पुरिएर एकैघरका २ जनाको मृत्यु भएको छ ।
तारकेश्वर नगरपालिका–५ स्थित चन्द्र तामाङको घरमाथि पहिरो खस्दा २ जना बुवाछोरीको मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए ।
नुवाकोटको सामरी घर भई तारकेश्वरमा भाडामा बसेका ४१ वर्षीय गणेश तामाङ र उनकी छोरी १५ वर्षीय आश्मा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।