काठमाडाै, १७ साउन
अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ गर्न पुगेका २८ जना पक्राउ परेका छन् ।
प्रहरी कार्यालय घेराउ गर्न पुगेका तामाङ कलाकारसहितका २८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महिलाहरू पनि छन् ।
अधिवक्ता पाण्डेले एक टीभी कार्यक्रममा अन्तर्वार्ताको क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् । उनको त्यो अभिव्यक्तिविरुद्ध उनीहरू प्रदर्शन गर्दै टेकु पुगेका थिए ।
झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।