काठमाडाैं साउन १५,
केन्द्रीय कार्यालयका अनधिकृत संरचना भत्काउन काठमाडौं महानगरको टोली आउने भएपछि राप्रपा पार्टी कार्यालयमा तनावको स्थिति उत्पन्न भएको छ ।
महानगरको टोलीलाई रोक्न राप्रपा कार्यकर्ता बाटोमा गाडी तेस्र्याएर बसेका छन् । शुक्रवार महानगरको टोलीले राप्रपा कार्यालयमा गएर सामान सार्न आग्रह गरेको थियो ।
कार्यालय भत्काउन डोजर ल्याउने तयारी गरेको भन्दै सोमवार बिहानैदेखि राप्रपा कार्यकर्ताले पार्टी कार्यालयअगाडि भेला भएर प्रदर्शन गरेका हुन् ।
पौने ११ बजेसम्म महानगरको टोली राप्रपा कार्यालयमा पुगेको छैन ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार