काठमाडाैं जेठ १२
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सत्तापक्षका सांसदले विपक्षी दलका नेता केपी शर्मा ओलीमाथि आरोप लगाएको भन्दै एमाले सांसदले विरोध जनाएपछि संसद् अबरुद्ध भएको हो ।
एमालेको विरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक २० मिनेटका लागि स्थगित गरेका छन् ।
नयाँ संसदको कार्यकाल शुरू भएको ५ महिना प्रतिपक्षी दलको विरोधपछि संसद् अबरुद्ध भएको यो पहिलो घटना हो ।
संसद्मा बोल्ने क्रममा माओवादी सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिको जलहरी राख्ने क्रममा सुन भनेर पित्तल राखेको बताएका थिए ।
सो विषयमा सरकारको जवाफ माग गर्दै एमालेले संसद् अवरुद्ध पारेको हो । प्रतिपक्षमाथि सत्तापक्षबाट नियोजित ढंगले आक्रमण भएको एमालेको आरोप छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार