काठमाडौं चैत १३,
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दाको सुनुवाइ स्थगित भएको छ । अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको थियो । तर, अन्तिम समयमा सन्दीपकै तर्फबाट पेसी स्थगित गरिएको हो ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सुनुवाइ गर्ने तय भएको थियो । न्यायाधीश घिमिरे तिनै न्यायाधीश हुन्, जसले सन्दीपलाई पुर्पक्षका लगि थुनामा राख्न आदेश दिएका थिए ।
ुफास्ट ट्र्याकुबाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको थियो ।
सन्दीपविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।