कमजोर विद्यार्थी संगठनलाई हेपेर ताला फुटाल्ने चितवन प्रशासन अखिल क्रान्तिकारीको पक्षमा उभियो

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, चैत ३ –
विद्यार्थी संगठनहरुले लगाएको ताला फुटालेर चितवनमा स्ववियु निर्वाचन गराउन खोजेको चितवन प्रशासन दुई दिनमै आफ्नो निर्णयबाट पछाडि हटेको छ ।
ठूला राजनैतिक दलको तुलनामा साना मानिएका राजनैतिक दल निकटका विद्यार्थी संगठनहरुले लगाएको ताला गत फागुन ३० गते चितवन प्रहरीले फुटालेको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनले केही कृयाशिल राजनैतिक दलको बैठकबाटै निर्णय गराएर तालाबन्दी सुरक्षा निकायको सहयोगमा फुटाउने र चुनाव जसरी पनि गराउने निर्णय गरेको थियो । नेपाल समाजवादी विद्यार्थी यूनियन, लोकतान्त्रिक विद्यार्थी संघ लगायतका विद्यार्थी संगठनले विभिन्न माग राख्दै चितवनका १० वटा क्याम्पसमा लगाएको फुटालिएको थियो ।