लुट मच्चाउँदै गैंडाकोटको ढाट : राजमार्गमा गुड्ने सवारीबाट अशुल्छ अबैध कर, लुट्ने काममा पनि नगरपालिकाको साथ

चितवन, फागुन ८ –
गैंडाकोट नगरपालिकाको फोहोर फाल्न प्रयोग गरिने सवारी साधनले नदी किनारमा फोहोर फालेर नदीजन्य सामग्री ओसारपसार गरिरहेको साथै नगरपालिकाले जथाभावी नदी उत्खनन् गरी डम्पिङ्ग गरिरहेको समाचार प्रसारण भएको थियो ।
सो विषयमा बुझ्न पुग्दा नगरपालिकाका मेयर मदनभक्त अधिकारीले सञ्चारकर्मी हिरालाल आचार्यमाथि दुव्र्यवहार समेत गरेका थिए ।
नगरपालिकाको अर्काे बेथिति पनि फेला परेको छ । गैंडाकोट नगरपालिकाले निकासी कर असुल्न पूर्वपश्चिम राजमार्गमा स्थापना गरेको ढाटले मनपरी ढंगले जथाभावी रकम असुली गरिरहेको पाइएको हो ।

हेरौं, चितवन आजकर्मी समेत रहेका पत्रकार – हिरालाल आचार्य ‘डायमण्ड’ तयार पारेको समाचार सामग्री :
गैंडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नगरक्षेत्रभित्र कवारी कर संकलन गर्न श्री गैंडाकोट बिल्डर्स एण्ड सप्लायर्स प्रालि गैंडाकोट, (नवलपरासी–बर्दघाटसुस्तापूर्व) सँग सम्झौता गरेको छ ।