वैकुण्ठनाथ गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा महायज्ञ हुने

माधव सापकोटा
माघ १६ ,चितवन –
लक्ष्मीवैकुण्ठनाथ मन्दिर, भरतपुर -४, धर्मचोक , लङ्कु, चितवनद्वारा संचालित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्)को सुसंचालन र सर्वाङ्गीण विकासका लागि बृहद् अक्षयकोष स्थापनार्थ अनन्त श्रीविभूषित त्रिदण्डी पराङ्कुशाचार्य(शठकोप) जीयर स्वामी, नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, श्री वैष्णव परिषद् नेपालका अध्यक्ष स्वामी देवराजाचार्य लगायत देश-विदेशका प्रमुख सन्त-महात्मा,कथावाचक, विद्वान् , विचारकहरूको आशीर्वचन, दैनिक प्रवचन तथा पीठाधीश स्वामी जगन्नाथाचार्यको शिवसंकल्पमा डा. कमलनयनाचार्य रिजालको यज्ञाचार्यत्व तथा विश्व जागरण महाअभियान ट्रष्टका अध्यक्ष ईश्वरकृष्ण महाराजको निर्देशकत्वमा माघ २१ देखि फागुन ६ गतेसम्म श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव २०७९ हुने भएको छ । सो कुरा आयोजकद्वारा महायज्ञ परिसरमा आज पत्रकार सम्मेलन गरी बताइएको हो ।
महायज्ञको प्रथम चरण माघ २२ देखि २८ सम्म्म यशोदादेवी कौण्डिन्य माता तथा द्वितीय चरण माघ २९ देखि फागुन ६ सम्म अन्तर्रास्ट्रिय ख्यातिप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजले राम-कृष्णकथामृत प्रवचन गर्ने आयोजकले जनाएको छ। महायज्ञको उद्घाटन हुन एक दिन अगि माघ २० गते दिउसो २ बजे मोटर-साइकल र्याली, महायज्ञको पहिलो दिन माघ २१ गते बिहान १० बजे लीला- झाँकीसहित विशाल शोभायात्रा एवम् उद्घाटन हुने तथा माघ २२ देखि फागुन ६ गतेसम्म बिहान ६ बजेदेखि १० बजेसम्म चार वेद, अठार पुराण, रामायण, महाभारत आदि धर्मग्रन्थ पारायण ,हयग्रीव- महालक्ष्मी-महासरस्वतीको विशेष आराधना-अर्चना, हवन, बिहान ११ बजेदेखि २ बजेसम्म प्रमुख वाचकबाट सङ्गीतमय श्रीरामकृष्णचरितामृत कथा-प्रवचन,दाता सम्मान, दिउसो २ बजेदेखि ४:३० बजेसम्म विशिष्ट आचार्य , विद्वान् विचारकहरूबाट प्रवचन , बेलुका ४ :३० बजेदेखि ५:३० बजेसम्म आरती, तीर्थ-प्रसाद वितरण, साँझ ७ बजेदेखि १० बजेसम्म राष्ट्रिय कलाकारहरूबाट साङ्गीतिकभजन,लीला- झाँकी तथा नाटक प्रदर्शन हुने सो कार्यक्रममा सहभागी हुन समस्त वैदिक विद्याप्रेमीजनहरूलाई आयोजक समितिले आह्वान गरेको छ। लक्ष्मीवैकुण्ठनाथ मन्दिरको प्रतिष्ठापूर्व नै २०२७ सालतिरबाटै अनौपचारिकरूपमा स्वामी , गुरु एवम् पुजारीहरूबाट विद्यार्थीहरूलाई यथोचित शिक्षा दिने कार्य चल्दै आएकोमा वर्तमान पीठाधीश जगन्नाथाचार्य स्वामीको अभिषेकपछि २०४१ सालबाट वेद-वेदाङ्गको अध्यापनका लागि गुरुकुलको स्थापना गर्ने कार्यलाई अगाडी बढाई २०४४ साल पुस २२ गते परमानन्द गुरुबाट उद्घाटन …