भरतपुरको अरोमा कलेजमा शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै प्रदर्शन, स्थिति तनावपूर्ण

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, पुष ५
भरतपुर महानगरपालिका १० स्थित अरोमा कलेजमा शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।
कम्प्युटर विषय पढाउने शिक्षकले छात्राहरुलाई जथाभावी छुने गरेको विद्यार्थीहरुको आरोप छ ।

अहिले स्थिति तनावपूर्ण छ । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति गराइएको छ । विद्यार्थीहरुले कलेजमा तोडफोड गरेका छन् । कलेजका बस र प्रशासन भित्र तोडफोड भएको छ ।