लमजुङ, मंसिर २३-
हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरू मतदातालार्ई धन्यवाद व्यक्त गर्न गाउँगाउँ पुगेका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका पृथ्वीसुब्बा गुरुङ, प्रदेश सभा (क)मा निर्वाचित टकराज गुरुङ, (ख)मा निर्वाचित भेषबहादुर पौडेल गाउँगाउँमा पुगेका हुन् ।
निर्वाचनअघि मत माग्न गाउँ पुगेका उनीहरु निर्वाचित भएपछि पनि धन्यवाद दिन गाउँगाउँ पुगेका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ आफ्नो जन्मथलो क्व्होँलासोंथर गाउँपालिका–९, गिलुङ टक्सार, पालिकाका अन्य गाउँ, मध्यनेपाल नगरपालिकाका केही गाउँ, सुन्दरबजारको दुराडाँडा, राइनास नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाका केही ठाउँमा पुगेका छन् ।
प्रदेश सभा (क) मा निर्वाचित डा.टकराज गुरुङ र प्रदेश सभा (ख)मा निर्वाचित भेषबहादुर पौडेलले अधिकांश ठाउँमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् ।