काठमाडौं, मंसिर २२-
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको उपचार चीनमा सुरु भएको छ ।
चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको पुनको सचिवालयले जनाएको छ ।
गत वर्ष ललितपुरको जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा उनी थाइल्याण्डको राजधानी बैंकक गएका थिए ।
बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि उतैबाट चीनको सेनजेन लगिएको थियो । चीनमा उपचार गराएर उनी २०७८ माघ १० गते काठमाडौं फर्किएका थिए ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचनको धपेडीका कारण स्वास्थ्य समस्या बल्झिएपछि पुनः सेन्जेनस्थित थर्ड पिपुल्स अस्पतालमा लगिएको पुनको सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार