नेपाल उद्योग संघको अध्यक्षमा चितवनका डा. तिलचन्द्र भट्टराई

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, फागुन ५ –
नेपाल उद्योग संघको अध्यक्षमा डा. तिलचन्द्र भट्टराई चयन भएका छन् ।
आज शनिबार चितवनको सौराहस्थित जङ्गल क्राउनमा भएको संघको दोश्रो साधारण सभा तथा अधिवेशनले सर्वसम्मतमा डा. भट्टराईको अध्यक्षतामा १५ पदाधिकारीसहित १०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षहरुमा सुनिल श्रेष्ठ, अर्जुनकुमार मैनाली, चिन्तामणी वास्तोला, महासचिवमा इश्वरबहादुर गुरुङ्ग, उपमहासचिवमा दुर्गाप्रसाद गौतम, देवेन्द्रप्रसाद चौलागाईं, कोषाध्यक्षमा राजकुमार बन्जारा, सचिवहरुमा शोभा कोइराला, शोभाकान्त बस्याल, बिक्रमलिम्बु चेम्जोङ, प्रेम बस्नेत रहेका छन् ।
अन्य पदाधिकारीको पछि मनोनयन गरिने गरी अधिवेशनको बन्दसत्र समापन गरिएको निर्वाचन समितिका अध्यक्ष भिमलाल पौडेलले जानकारी दिए ।
पदाधिकारीमा अधिकांश व्यक्तिहरु दोहोरिएका छन् । अध्यक्ष डा. भट्टराई र महासचिव गुरुङ्ग दोश्रो कार्यकालका लागि पुनः चयन भए ।