भरतपुरको विकासमा वनले अवरोध गरेपछि वनमन्त्री आएर भने,– मन्त्रालय बाधक बन्दैन, विकल्प खोज्छौं
चितवन, साउन ८
वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुरको विकाससम्बन्धी बहस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वनका कारण रोकिएका विकासका आयोजना अघि बढाइने बताउनुभयो ।
महानगरपालिकाभित्र वन क्षेत्रका कारण धेरै आयोजना रोकिएपछि गरिएको बहस कार्यक्रममा मन्त्री यादवले आफू विकास प्रेमी भएकाले वनकै कारण विकासका काम नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो, “समस्या परेका ठाउँमा हामी स्थलगत निरीक्षण गरेर समाधानको उपाय खोज्ने अभियानमा जुटेका छौँ ।” विकल्प खोजेर विकासका कामलाई अघि बढाइने उहाँको भनाइ थियो ।
भरतपुर–माडी हुँदै ठोरीसम्म जाने हुलाकी सडक लाइफलाइन भएकाले यसको कामलाई रोक्न नहुने उहाँको भनाइ थियो । आफू पर्साको जनप्रतिनिधि भएकाले यो सडक निर्माणको दायित्व आफ्नो काँधमा रहेको बताउनुभयो ।
…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed