Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, असार ०३, २०८३
☰
Logo बुधबार, असार ०३, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको राशिफल

  • २. बाल्यकालदेखि सफलतासम्मको प्रेरणादायी यात्रा लिएर ‘द एभरेस्ट टक शो’ आज देखि प्रसारणमा

  • ३. बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

  • ४. विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

  • ५. जेन्जी सरकार , जेन्जी डाक्टरलाई न्याय दे भन्दै ७ बुँदे माग राखेर डाक्टरहरुको माइतीघरमा प्रदर्शन

  • ६. चैते धान र वर्षे धानको न्यूनतम मूल्य समर्थन तोकियो

  • ७. सुनको मूल्य तोलामा १० हजार एकसय रुपैयाँले घट्यो

  • ८. अमेरिकाका २१ सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबी, मध्यपूर्वमा तनाव उत्कर्षमा

  • ९. चितवनमा राष्ट्रिय वन क्षेत्रमा रहेका पुराना सालका काठ व्यवस्थापन गरिँदै

  • १०. चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य

अभियन्ताहरु भन्छन् – सेनिटरीप्याडमा भन्सार महसुल छुट दिएर सरकारले हाम्रो माग सम्बोधन गर्‍यो

काठमाडौं ,असार ३०-
सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमार्फत ‘रातो कर हटाउ’ भन्ने आन्दोलनको सम्बोधन गर्दै सेनिटरी प्याड (महिलाले महिनावारीका बेला प्रयोग गर्ने प्याड) र यसको कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार महसुलमा भारी छुट गरेको छ । बजेट वक्तव्यको बुँदा ४०३ मा ‘सेनिटरी प्याडको आयातमा लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट र नेपालमै प्याड उत्पादन गर्ने उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातमा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने’ उल्लेख छ । यसले नेपाली उद्योगहरु पनि लाभान्वित भएका छन् ।

सरकारको यस कदम स्वागतयोग्य रहेको तर केही करहरु अझै हटाउनुपर्ने महिला सांसदहरू र रातो कर हटाउ अभियानका अभियन्ताहरुको भनाइ छ ।

सांसद डा डिला सङ्ग्रौला सेनिटरी प्याडमा सरकारले भन्सार महसुलमा ९० प्रतिशत छुट दिएर सम्मानयोग्य काम गरेको बताउछिन् । “बजेट आउनुअघि नै यसमा हामीले मूल्य अभिवृद्धि कर हटाउन सरकारको ध्यानाकर्षण गराएका थियौँ,” उनी भन्छन् “सरकारले माग सम्बोधन त ग¥यो, तर अहिले आयात शुल्क मात्र घट्दा स्वदेशी व्यवसायी आन्दोलनमा उत्रने परिस्थिति बनेको छ । सेनिटरी प्याडमा लाग्ने करहरू पूर्णरूपमा छुट हुनुपर्ने हाम्रो माग हो ।”

विसं २०७८ जेठ ११ गते आफूहरूले अर्थ मन्त्रालयमा सेनिटरी प्याडमा कर छुट गर्नेलगायत महिला हकका केही विषयलाई आगामी बजेटमा सम्बोधन गर्न ६ बुँदे ज्ञापनपत्र बुझाएको उनी बताउछिन् । काँग्रेसका १४ सांसदले बुझाएको त्यस ज्ञापनपत्रको २ नम्बर बुँदामा भनिएको छ, “सेनिटरीप्याड र ड्राइ प्याडको हकमा औषधिमा दिएको छुटसरह कर छुट गराई सस्तो र सुलभ मूल्यमा बिक्री–वितरणका लागि सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छौँ ।”

ज्ञापनपत्र बुझाउनेमध्येकी अर्की सांसद मिनाक्षी झा सेनिटरीप्याडको भन्सार घटाएर सरकारले आफूहरूको केही माग सम्बोधन गरे पनि पूर्णरुपमा सम्बोधन हुन अझै बाँकी रहेको बताउछिन् । “भन्सार महसुलमा ९० प्रतिशत छुट दिनु सम्मानजनक छ, तर हाम्रो माग सेनिटरीप्याडलगायत प्रजनन् स्वास्थ्यका सामग्री स्वास्थ्य मन्त्रालयअन्तर्गत आयात होस् र स्वास्थ्य उपकरणहरूमा जस्तै मूल्य अभिवृद्धि करमा छुट गरियोस् भन्ने हो,” उनी भन्छिन्, “हाम्रो माग अनुकूल बजेटमा पूर्ण सम्बोधन भएको छैन, तर पनि केही माघ सम्बोधन भएको र बाँकी मागका लागि अझै पहल गरिरहेका छौँ ।”

भन्सार महसुल घट्दा बजारमा सेनिटरी प्याडको मूल्य घटेको भए माग सम्बोधन भएको मान्न सकिन्थ्यो, तर त्यसो हुन नसकेको सांसद झाको भनाइ छ । “सरकारले यसमा मूल्य अभिवृद्धि कर घटाउने वा निःशुल्क वितरण गर्नेबारे पुनः एकपटक ध्यान दिन आवश्यक छ,” उनले भनिन् ।

सांसद मनकुमारी जिसी पनि सेनिटरीप्याडमा भन्सार महसुल घटाइनुलाई स्वागतयोग्य कदम मान्छिन्, तर अरु करमा छुट नभएको प्रति उनको गुनासो छ । “मूल्य अभिवृद्धि कर घटाएर उपभोक्तालाई सस्तो र सुलभ मूल्यमा प्रजनन् स्वास्थ्यका सामान उपलब्ध गराउने हाम्रो माग थियो,” सांसद जीसी भन्छिन् ।

भन्सार महसुल घट्दा पनि सेनिटरीप्याडको बजार मूल्य नघटेकाले माग सम्बोधन नभएको उनको भनाइ छ । “हाम्रो मागलाई फरक पाटोबाट सम्बोधन भयो । यसले व्यवसायीलाई सहज भयो तर सेवाग्राहीले त्यो महसुस गर्न पाएका छैनन्,” उनले भनिन् ।

सांसद विमला विश्वकर्मा स्वदेशी उत्पादनलाई बढी प्राथमिकता दिनुपर्ने बताउँछिन् । “सेनिटरीप्याड उत्पादन गर्ने स्वदेशी कम्पनीलाई कच्चा पदार्थमा न्यून छुट दिएर विदेशी उत्पादन ल्याउनेलाई ९० प्रतिशत छुट दिइएको छ,” उनी भन्छिन्, “यसले विदेशी उत्पादनलाई फाइदा पुगेको छ । स्वदेशी उद्योगलाई निरुत्साहित ग¥यो ।”

स्वदेशी उत्पादनलाई बढी छुट दिएर प्रोत्साहन गर्न सरकारसँग आफूहरूले पटक–पटक माग राखेको सांसद विश्वकर्माको भनाइ छ । “सरकारले सेनेटरी प्याडमा पूर्णरूपमा मूल्य अभिवृद्धिकर छुट वा सेनिटरी प्याडलाई निःशुल्क बिक्री गर्ने गरी बजेट ल्याउनुपथ्र्यो,” उनले भनिन् ।

सांसद रेखा शर्मा सेनिटरीप्याडलाई निःशुल्क वितरणको व्यवस्था गर्ने गरी सरकार अघि बढ्नुपर्ने बताउँछिन् । “सरकारले भन्सार महसुल अथवा मूल्य अभिवृद्धि कर जे घटाए पनि सेवाग्राहीले न्यून मूल्यमा खरिद गर्न पाउँछन् भने त्यो राम्रो पक्ष हो,” सांसद शर्माले भनिन् ।

भ्याट पनि छुट हुनुपर्छ स् रातोकर अभियन्ता

‘रातो कर माफ गर’ अभियानकी अभियन्ता शुभांगी राणा सेनिटरीप्याड आयातमा भन्सार महसुल घटाएर सरकारले तारिफयोग्य कदम चालेको भन्दै तर मूल्य घटेपछि मात्रै आफूहरूको माग सम्बोधन हुने बताउछिन् । “महसुल घटेर प्याडको मूल्य घटेन भने प्रभावकारी हुँदैन र विदेशी उत्पादकलाई मात्र फाइदा पुग्छ । नेपाली उत्पादकले नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ,” उनले भनिन्, “अब बजार मूल्य हेरेर माग कति सम्बोधन भयो भन्न सकिन्छ ।”

अभियन्ता अस्मिता शाह सरकारले आफूहरूको मागलाई पूर्णरूपमा नसमेटे पनि सेरोफेरोको पक्षलाई छोएको बताउछिन् । शाह भन्छिन्, “भन्सार महसुलमा ९० प्रतिशत छुट दिने निर्णय सम्मानयोग्य मानेका छौँ, विस्तारै मागले पूर्णता पाओस् भन्ने अपेक्षा छ । प्याड रहरले लगाउने सामान होइन, त्यसैले पूर्णरूपमा निःशुल्क हुनुपर्छ भन्ने हामो माग हो ।”

रातो कर अभियानकी एक अभियन्ता कृष्पी रमन जैसवाल सरकारले महसुल घटाए पनि १३ प्रतिशत भ्याट नघटेकाले आफूहरूको माग पूरा नभएको बताउछिन् । ‘रातो कर माफ गर’ अभियानमा विगत एक वर्षदेखि सक्रिय रहेकी जैसवाल भन्छिन्, “हाम्रो माग पूर्णरूपमा सम्बोधन भएको छैन, हामी सरकारलाई पुनः दबाब दिन्छौँ । महिलाको स्वास्थ्यको संवेदनशीलतासँग जोडिएको वस्तु भएकाले सरकारले प्याडमा विलासी वस्तुमा जस्तो कर लगाउनु हुँदैन । महिलाको महिनावारीको पीडालाई सरकारले बुझ्नुपर्छ ।”

विगत तीन वर्षदेखि रातो अर्थात् महिनावारी हुँदाको रगतमा कर माफ गर भन्ने अर्थमा अभियान केही जुझारु महिलाले अभियान चलाउँदै आएका छन् ।

भ्याट छुटले व्यावसायिक चक्रमा असर गर्ने भएकाले पनि अन्य करममा छुट दिने तर भ्याट छुटमा तत्काल जान अप्ठ्यारो भएको अर्थ मन्त्रालयको भनाइ छ ।

प्याड उत्पादक घरेलु कम्पनीलाई फाइदा

सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेट मार्फत सेनिटरीप्याड उत्पादन गर्ने घरेलु कम्पनीलाई पनि पूर्णरुपमा प्रोत्साहन गरेको छ ।

प्याड उत्पादन कम्पनीले ल्याउने कच्चा पदार्थमा ९९ प्रतिशत छुटका साथै आय कर पनि छुट दिएको छ । यो प्रावधानमार्फत नेपाली प्याड उत्पादक कम्पनीहरुले आफ्नो बजार बढाउनसक्ने अवसर बजेटले दिएको छ । रासस

Chitwan Aaja चितवन आज
बिहिबार, असार ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ
भिडियो भाइरल भएपछि सांसद भट्टराईले भनिन्– भविष्यमा यस्ता गतिविधि दोहोर्‍याउने छैन
‘ककरोच जनता पार्टी’का संस्थापक दीपके सडकमै कुटिए

ताजा समाचार

सबै

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

भिडियो भाइरल भएपछि सांसद भट्टराईले भनिन्– भविष्यमा यस्ता गतिविधि दोहोर्‍याउने छैन

‘ककरोच जनता पार्टी’का संस्थापक दीपके सडकमै कुटिए

संसद्को सभाकक्षमा सभामुख प्रवेश गर्दा दुई मन्त्री नउठेको भन्दै सांसद महरको नियमापत्ति

रास्वपाको महाधिवेशन भरतपुरको गेष्टहाउस चौरमा

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन

बजेट विभेदकारी भयो, अर्थमन्त्रीको एटिट्युडले गम्भीर बनायोः सांसद महर

कानुन मन्त्रालयका लागि विनियोजित बजेटप्रति सांसद मल्लको असन्तुष्टि

भारतीय पर्यटकको बढ्दो आगमनले पोखरा भरिभराउ

मुग्लिन–मलेखु सडकमा कालोपत्रको तयारी

गत वर्षभन्दा तीन दिन ढिला हुँदा पनि मनसुन नेपाल भित्रिएन

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

रास्वपा महाधिवेशनः रत्ननगरमा सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

काठमाडौं आइपुगे शान्ति दूत ‘अलोका’सहित भिक्षुहरूको टोली (तस्बिरहरु)

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो छ आजको राशिफल

  • २.
    बाल्यकालदेखि सफलतासम्मको प्रेरणादायी यात्रा लिएर ‘द एभरेस्ट टक शो’ आज देखि प्रसारणमा

  • ३.
    बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

  • ४.
    विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

  • ५.
    जेन्जी सरकार , जेन्जी डाक्टरलाई न्याय दे भन्दै ७ बुँदे माग राखेर डाक्टरहरुको माइतीघरमा प्रदर्शन

  • ६.
    चैते धान र वर्षे धानको न्यूनतम मूल्य समर्थन तोकियो

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech