Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, जेठ २२, २०८३
☰
Logo शुक्रबार, जेठ २२, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. आदर्श गृह नेपालद्वारा प्रहरी प्रमुख पौडेललाई स्वागत तथा सम्मान

  • २. यस्तो छ आजको राशिफल

  • ३. सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

  • ४. रास्वपा भरतपुर महानगर समितिको सभापतिमा ज्ञवाली र उपसभापतिमा श्रेष्ठ निर्वाचित

  • ५. गैडाकोटमा घरायसी विवादमा बाबुको खुर्पा प्रहारबाट छोराको मृत्यु

  • ६. १० महिनामा ३१ अर्ब ३१ करोडका सवारीसाधन आयात

  • ७. पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ भव्य रूपमा सम्पन्न, विद्यार्थीमा उत्साह

  • ८. प्रेसिडेन्सी कलेजद्वारा व्यवसायिक इन्क्युबेसन कार्यक्रम सुरु, चितवनको उद्यमशीलता क्षेत्रलाई टेवा

  • ९. नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री शाह

  • १०. सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

गिरिजाबाबुको जन्मजयन्तिमा चितवनमा विचार गोष्ठी : कम्युनिष्टसँग मिलेर फेरि चुनाव लडे बागी हाल्ने चेतावनी

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, असार २० –
गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्मजयन्ती चितवनमा विचार गोष्ठी गरेर मनाइएको छ । नेपाल तरुणदल साविक क्षेत्र नम्बर ४ को आयोजनामा भरतपुरको मंगलपुरमा आज बिहान गिरिजाबाबु र तरुणदल विषायक विचार गोष्ठी गरिएको हो ।

विचार गोष्ठीमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाले गिरिजाप्रसाद कोइराला र आफूसँग जोडिएको ऐतिहासिक पलहरुका बारेमा सुनाए ।

नेपाली कांग्रेसले कम्युनिष्टसँग एकता गरे चितवन कांग्रेसले नमान्ने भनेर पार्टी सभापतिलाई आफूले पटकपटक भने पनि सभापतिले कुरा नसुन्दा भरतपुर महानगरको निर्वाचनमा भुईंकटरह चिन्ह लिएर आफूहरु चुनावमा गएको उनको भनाइ छ । विपिको विचार र सिद्धान्त, गिरिजाबाबुको सम्मानकै लागि आफूहरुले उम्मेद्वारी दिएको र आगामी चुनावमा पनि कम्युनिष्टलाई कांग्रेसले भोट हाल्नुपर्ने अवस्था आए आफूहरुले विद्रोह जारी राख्ने सापकोटाले बताए ।

कार्यक्रममा पूर्व सांसद एवम् भरतपुर महानगरपालिकामा भुईंकटहर चुनाव चिन्ह लिएर मेयरका उम्मेद्वार उठेका जग्गनाथ पौडेलले आफूहरुलाई कारबाही गरेको कुरा थाहा नभएको बताए ।

जसले कांग्रेसको विचारलाई बोक्छ, जसले कांग्रेसको आवाजलाई बुलन्द गर्छ त्यो नै सच्चा कांग्रेस हुने बताउँदै पौडेलले कारबाहीले कांग्रेस हुनलाई केही फरक नपर्ने बताए । उनले भने ‘कांग्रेस पार्टीमा हामीले रोपेका जरा त्यति कमजोर छैनन् जसले उखेलेर फालोस् । कांग्रेस कोहो भन्ने कुरा चितवनले आउँदो निर्वाचनमा देखाउँछ ।’ फेरि पनि आफूहरुको लडाइ सशक्त हुने र त्यो मेचि महाकालीसम्म जाने उनको भनाइ छ ।

पूर्व सांसद भीम बहादुर श्रेष्ठले कांग्रेसको नेतृत्वमा देशमा सबै परिवर्तन भए पनि अहिले कांग्रेस कम्युनिष्टको बैशाखि टेक्नुपर्ने अवस्थामा पुगेको बताए । वर्तमान कांग्रेस नेतृत्वले पार्टीलाई व्यक्तिगत स्वार्थका लागि कम्युनिष्टसँग एकता गराएको बताउँदै उनले यो कुराको समग्र कांग्रेसीले विरोध गर्नुपर्ने बताए ।

आफूहरुलाई पार्टीले कारबाही गरेको भनेको भए पनि आफूहरु अझै कांग्रेस भएको बताउँदै उनले विपिको मार्गमा कांग्रेसलाई हिँडाउन आफूहरुले सँधै यसरी नै आवाज उठाइरहने बताए । उनले अहिले को कता लाग्यो भनेर वडातहसम्म छानविन गरी कारबाही गर्ने रे भन्ने सुनिएको बताउँदै कारबाही गरे पनि पदमा नराखे पनि सधैं सच्चा कांग्रेस भएर हिँडिरहन उपस्थित मासलाई आग्रह गरे ।

नेपाल तरुणदल चितवनका संस्थापक अध्यक्ष शम्भु अर्यालले आफूहरुको भनाई भनेको सबै दल आआफ्नो तरिकाले चुनावमा प्रतिस्पर्धा गर्नुपर्छ भन्ने भएको बताए । ‘हाम्रो यो अभियान कुनै व्यक्तिका विरुद्धमा होइन विधि र पद्दतिका लागि हो’ उनले भने । स्वार्थका लागि पार्टी नेतृत्व कम्युनिष्टसँग मिलेको बताउँदै उनले यसले भविष्यमा कांग्रेसलाई निकै घाटा पु¥याउने धारणा राखे । मनपरि जसलाई पनि कारबाही गर्दे हिँड्ने नेतृत्वको प्रवृत्ति गलत भएको उनले बताए । उनले फेरि पनि कम्युनिष्टसँग एकता गरेमा चितवनमा आफूहरुले फेरि छुट्टै उम्मेद्वारी दिने बताए ।

यस कार्यक्रमलाई रोक्न भनेर ब्यानर नै तान्न आएको बताउँदै उनले यस्ता गतिविधिले आफूहरुको अभियान झन् सशक्त हुँदै जाने बताए । कार्यक्रमका विरोधमा एक युवकले ब्यानर तान्न आएका थिए । संस्थापन पक्षको आग्रहमा कार्यक्रम विथोल्न भनेर पठाइएको भन्दै कार्यक्रममा एकछिन् होहल्ला समेत भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनकी सदस्य राममाया पियाले आफ्नो स्वार्थका लागि गिरिजाबाबुले कम्युनिष्टसँग कहिल्यै एकता नगरेको बताउँदै अहिले एकता हुनु गरिजाबाबुकै अपमान भएको बताइन् ।

कार्यक्रममा तरुणदलका पूर्व सचिव आनन्दाज राउतले कम्युनिष्टलाई बोक्न छाडन् र आफ्नो विचारमा अडिन कांग्रेस सभापति शेरबहादुर देउवासँग आग्रह गरे ।

कांग्रेस क्षेत्र नं. ३ की सचिव सृजना पाण्डेले पार्टीको क्रियाशिल सदस्य बाँड्दा पनि कम्युनिष्ट हुँ भनेर हिँडेकाहरुलाई बाँडिएको आरोप लगाइन् । केही कम्युनिष्टहरु कांग्रेसलाई भित्रभित्र सखाप पार्न पार्टीमा आएको बताउँदै उनले यसप्रति सजक हुनुपर्ने बताइन् ।

शिवहरी पण्डितले सञ्चालन गरेको कार्यक्रममा ट्रेड युनियनका सहसंयोजक सूर्य बस्नेत, कांग्रेस भरतपुर १५ का वडा उपसभापति कृष्ण बहादुर गुरुङ्ग, तरुण दलका संस्थापक जिल्ला सदस्य भुवन खनाल, पूर्व पार्टी जिल्ला सदस्य विष्णु थापा लगायतका कांग्रेस शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

नेकपा माओवादी, नेकपा समाजवादी लगायतका कम्युनिष्ट पार्टीसँग मिलेर स्थानीय चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरेपछि धेरै जिल्लामा कांग्रेसभित्रैबाट विरोध भइरहेको छ । आगामि चुनावमा कांग्रेसलाई एक्लै लड्न असन्तुष्ट समूहले पार्टी नेतृत्वलाई आग्रह गरिरहेको छ । यदि फेरि पनि कम्युनिष्टसँग मिलेर गएमा मेचिदेखि महाकालीसम्म कांग्रेसबाट बागी उम्मेद्वार दिने गरी उक्त असन्तुष्ट समूहले अभियान चलाइ रहेको छ । त्यही समूहको कार्यक्रम भएर होला आजको कार्यक्रममा कांग्रेसका वर्तमान जिल्ला नेतृत्वको उपस्थिति देखिदैनथ्यो ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, असार २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने
रास्वपा धनुषामा किचलो, कार्यकर्ताले लगाए पार्टी कार्यालयमा ताला
शैक्षिक परामर्श व्यवसायीहरूको २५ लाख धरौटी प्रस्तावप्रति ACAN को कडा आपत्ति

ताजा समाचार

सबै

नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने

रास्वपा धनुषामा किचलो, कार्यकर्ताले लगाए पार्टी कार्यालयमा ताला

शैक्षिक परामर्श व्यवसायीहरूको २५ लाख धरौटी प्रस्तावप्रति ACAN को कडा आपत्ति

त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

नेपालमै पहिलो पटक अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सार्वजनिक

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन्ः राष्ट्रपति पौडेल

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान

सुनचाँदीकै मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की

वातावरण संरक्षण हामी सबैको साझा जिम्मेवारी : भीष्मराज आङ्देम्बे

भरतपुरमा स्कुल बसको ठक्करबाट मृतक साइकलयात्रीको पहिचान खुल्यो

चितवन भरतपुरको कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

हर्क साम्पाङ दुर्घटनामा घाइते, कस्तो छ स्वास्थ्य अवस्था ?

बार्षिक ५ हजारमै ‘सजिलो एटेन्डेन्स’ : सानादेखि ठूला व्यापारको HR व्यवस्थापन झनै सहज

चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त

भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    आदर्श गृह नेपालद्वारा प्रहरी प्रमुख पौडेललाई स्वागत तथा सम्मान

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

  • ४.
    रास्वपा भरतपुर महानगर समितिको सभापतिमा ज्ञवाली र उपसभापतिमा श्रेष्ठ निर्वाचित

  • ५.
    गैडाकोटमा घरायसी विवादमा बाबुको खुर्पा प्रहारबाट छोराको मृत्यु

  • ६.
    १० महिनामा ३१ अर्ब ३१ करोडका सवारीसाधन आयात

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech