Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, जेठ २६, २०८३
☰
Logo मङ्गलबार, जेठ २६, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • २. बार्षिक ५ हजारमै ‘सजिलो एटेन्डेन्स’ : सानादेखि ठूला व्यापारको HR व्यवस्थापन झनै सहज

  • ३. अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

  • ४. सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

  • ५. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ६. सार्वजनिक लेखा समितिको बैठक स्थगित

  • ७. चितवन भरतपुरको कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

  • ८. भरतपुरमा स्कुल बसको ठक्करबाट मृतक साइकलयात्रीको पहिचान खुल्यो

  • ९. सुनचाँदीकै मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

  • १०. शिक्षामा नविन रुपान्तरण ल्याउने उद्देश्यले चितवनमा तीन दिने राष्ट्रिय सम्मेलन गरिँदै

पर्यटनका समस्या मौद्रिक नीतिमार्फत सम्बोधन गर्न होटल सङ्घ पोखराको आग्रह

काठमाडौं ,असार १९-
होटल सङ्घ पोखराले कोरोना प्रभावित पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहतका कार्यक्रम ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । नयाँ मौद्रिक नीतिका सन्दर्भमा सो बैंकलाई सुझाव प्रदान गर्न सङ्घद्वारा शनिबार पोखरामा आयोजित अन्तक्र्रियामा सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले गभर्नर महाप्रसाद अधिकारीलाई संस्थाका तर्फबाट लिखित सुझाव तथा माग प्रस्तुत गरे ।

गत जेठ १५ मा प्रस्तुत बजेटले पर्यटन क्षेत्रका समस्या सम्बोधन गर्न नसकेको बताउँदै अध्यक्ष सुवेदीले मौद्रिक नीतिले तिनलाई समेट्नेमा आफूहरू आशावादी रहेको बताए । कोभिड–१९ का कारण ३० प्रतिशत व्यवसायी तथा ठूलो सङ्ख्यामा कर्मचारी र मजदुर पलायन भएको उनले जानकारी दिए ।

होटल तथा पर्यटन उद्योगको वित्तीय अवस्था हालसम्म सहज भइनसकेको जनाउँदै सङ्घले २०८१ असार मसान्तसम्मको पाक्ने ब्याजको छुट्टै हिसाब राखी हर्जना र पेनाल ब्याज नलाग्ने व्यवस्था गर्न राष्ट्र बैंकसँग आग्रह गरेको छ । होटलका लागि आवश्यक पर्ने थप कर्जा न्यून ब्याजदरमा प्रवाह गरी कर्जा प्रक्रिया शुल्क सहुलियतपूर्ण बनाउन पनि सुझाव दिइएको छ ।

त्यस्तै निर्यातजन्य कारोबार गरेर देशमा विदेशी मुद्रा भित्र्याउने कम्पनीहरूलाई जस्तै होटल उद्योगलाई पनि क्यास ब्याक इन्सेन्टिभ सुविधा दिइनुपर्ने माग पनि सङ्घको छ । सहुलियत कर्जाको सीमा रु २० करोडबाट बढाएर रु ५० करोड पु¥याइनुपर्ने र यस्तो कर्जा सुविधा सबै होटलले पाए÷नपाएको अनुगमन गर्न निजी क्षेत्र सम्मिलत समिति बनाउन पनि सङ्घले सुझाव दिएको छ ।

हाल भएका कर्जालाई कम्तीमा तीन वर्ष अवधि थप गरी पुनर्तालिकीकरण गरिनुपर्ने र पूँजीकरण गरिएको ब्याजलाई असार मसान्तको सट्टा अनुपातिकरूपमा लामो अवधिका लागि किस्ताबन्दीमा तिर्ने र बुझाउने व्यवस्था गरिनुपर्ने माग पनि सङ्घले राखेको छ ।

होटलमार्फत विदेशी एजेन्टहरूलाई डलरमा कमिशन भुक्तानी गर्दा भुक्तानीको सीमा बढाइनुपर्ने साथै होटलहरूले तोकेको व्यक्तिको नाममा डलरको प्रिपेड कार्ड उपलब्ध गराइ सहजीकरण गरिनुपर्ने माग पनि राखिएको छ ।

क्रेडिट कार्ड प्रयोगमा बैंकहरूले लिँदै आएको तीन प्रतिशत सेवा शुल्क घटाइ बढीमा एक प्रतिशत कायम गरिनुपर्ने, रु ५०० र दुई हजार दरका भारतीय नोट नेपालमा स्वीकार्न पाउने र सार्क राष्ट्रका जुनसुकै मुद्रा यहाँका बैंकहरूले स्वीकार्ने व्यवस्था गर्न पनि सङ्घले माग राखेको छ ।

राज्यले आयातमा लगाएको प्रतितपत्रवापतको १०० प्रतिशत मार्जिनलाई घटाइ साविककै १० प्रतिशत कायम गरिनुपर्ने सुझाव पनि सङ्घको छ । पर्यटन व्यवसाय अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको भन्दै सङ्घले बैंक तथा वित्तीय संस्थाले कुनै प्रकारको जरिवाना शुल्क लिने, कर्जा भुक्तानी गर्ने र व्यवसायीको धितो लिलामी गर्नेजस्ता कार्य बाध्यकारी गर्न नपाउने व्यवस्थाका लागि समेत सङ्घले राष्ट्र बैंकसँग माग राखेको छ ।

वातावरणीय अध्ययन ९आइइई÷इआइए÷बीइएस०को ढिलाइका कारणले नवीकरण हुन नसकेका होटल तथा उद्योगहरूलाई सहजरूपमा नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबार अनुमतिपत्र नवीकरण गरिनुपर्ने, साना तथा मझौला होटललाई परियोजनाका आधारमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने र होटल तथा अन्य उद्योगधन्दालाई राज्यले निश्चित समयका लागि सहुलियत ऋण, कर छुटको व्यवस्था गरी प्रोत्साहन गर्नुपर्ने माग पनि समेटिएको छ ।

यसैगरी होटल तथा पर्यटन क्षेत्रलाई पनि कृषि क्षेत्रसरह सहुलियत कर्जा उपलब्ध गराइ होटल क्षेत्रको मूल्य अभिवृद्धि कर कम गरिनुपर्ने माग पनि सङ्घको छ ।

सो अवसरमा गभर्नर अधिकारीले नेपालको अर्थव्यवस्था चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएको भन्दै आयात र निर्यातको भारी अन्तरले अर्थतन्त्र अप्ठ्यारोमा परेको बताउनुभयो । पर्यटनले पछिल्लो क्रममा आशाको किरण छरेको भन्दै उनले व्यवसायीका जायज मागलाई मौद्रिक नीतिले सम्बोधन गर्ने बताए ।

पर्यटनको लगानी लामो समयका लागि हुने कारण कर्जा र ब्याज असुलीमा बैंकले सोहीअुनसारको व्यवहार गर्नुपर्ने, कर्जा र ब्याज चुक्ताका लागि बैंकहरूले व्यवसायीलाई मानसिक यातना दिन नहुने, बैंकर र व्यवसायी छुट्टिनुपर्ने, पुनर्कर्जाको समय बढाउनुपर्ने, उत्पादनमूलक र विलासिताका वस्तुमा भन्सार दर फरक हुनुपर्ने, बैंकको ब्याजदर एकल अङ्कमा हुनुपर्ने र फेवातालको मापदण्ड तलमाथि भइरहँदा धितो र कर्जाका सम्बन्धमा बैंकले व्यवसायीलाई मानसिक यातना दिएको जस्ता विषय पनि कार्यक्रममा सहभागीले उठाएका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक गण्डकी कार्यालयका निर्देशक रामशरण खरेल, होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, आयोजक सङ्घका सल्लाहकार एवं पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विश्वशङ्कर पालिखे, निवर्तमान अध्यक्ष विकल तुलाचन, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, टान पश्चिमाञ्चलका उपाध्यक्ष धर्मराज पन्थी, नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारी लगायतले कोरोनाले व्यवसायमा पारेको असर र राज्यले व्यवसाय बचाउन खेल्नुपर्ने भूमिका सम्बन्धमा आ–आफ्ना धारणा राखे ।

Chitwan Aaja चितवन आज
आइतबार, असार १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’
बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

ताजा समाचार

सबै

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै

चितवनमा लगाइएको चैते धानमा ‘नेक ब्लास्ट’ रोगको सङ्क्रमण

विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध

सडकमा मार्कर राखेर अनुदान शिक्षकको विरोध प्रदर्शन

मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

‘देवचुलीमा सञ्चालित सामुदायिक होमस्टेले बदलिँदै थारू महिलाको जीवनशैली

बासी तथा सडेगलेको खाना खाजा खुवाउने भरतपुरको शिव शम्भु मिष्ठान्न भण्डार चितवन प्रशासनले बन्द गर्‍यो

प्रतितोला २ हजार बढेर सुनको मूल्य ३ लाख १ हजार ९ सय कायम

चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न

बागमती प्रदेश र चितवन उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका समस्या र सम्भावनाबारे छलफल

लुम्बिनीका पाँच मन्त्रीले लिए शपथ

विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैनः मन्त्री श्रेष्ठ

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिकः अर्थमन्त्री वाग्ले

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • २.
    बार्षिक ५ हजारमै ‘सजिलो एटेन्डेन्स’ : सानादेखि ठूला व्यापारको HR व्यवस्थापन झनै सहज

  • ३.
    अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

  • ४.
    सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

  • ५.
    कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ६.
    सार्वजनिक लेखा समितिको बैठक स्थगित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech