Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, जेठ २५, २०८३
☰
Logo सोमबार, जेठ २५, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. प्रेसिडेन्सी कलेजद्वारा व्यवसायिक इन्क्युबेसन कार्यक्रम सुरु, चितवनको उद्यमशीलता क्षेत्रलाई टेवा

  • २. माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • ३. रवि लामिछानेको प्रस्ताव : नेपाल–भारत सम्बन्धलाई ‘विकास कूटनीति’ मा बदलौं

  • ४. अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

  • ५. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ६. सार्वजनिक लेखा समितिको बैठक स्थगित

  • ७. भरतपुरमा स्कुल बसको ठक्करबाट मृतक साइकलयात्रीको पहिचान खुल्यो

  • ८. बार्षिक ५ हजारमै ‘सजिलो एटेन्डेन्स’ : सानादेखि ठूला व्यापारको HR व्यवस्थापन झनै सहज

  • ९. चितवनको एक रेष्टुरेन्टमा वेटर काम गर्ने महिलालाई जवरजस्ती यौन सम्पर्क गर्न लगाएपछि…

  • १०. चितवन भरतपुरको कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

रेशमको पार्टीले जितेका कैलालीको तीन पालिकामा के-के हुँदै छ नयाँ काम ?

कैलाली,असार १९-
कैलालीको टीकापुर नगरपालिकाले ठगिनबाट जोगाउन उपभोक्ता सचेतना बढाउँदै लगेको छ । यसका लागि नगरपालिकाले बजार अनुगमनलगायतका कार्यक्रम नियमित गरिरहेको जनाएको छ । अनुगमनका क्रममा कैफियत देखिए कानुनअनुसार कारबाही गरिने नगरपालिकाले जनाउँदै आएको छ ।

नगर उपप्रमुख खडकबहादुर शाहले कार्ययोजना बनाएर नियमित बजार अनुगमन गर्नुपर्ने र कैफियत भेटिए बिनापूर्वाग्रह कानुनअनुसार कारबाही गरिने बताए । उपभोक्ता हित संरक्षण शाखा टीकापुरले गरेको वार्षिक समीक्षा कार्यक्रममा उनले भने ,“आम नागरिकको जीवनसँग जोडिएका विषयमा व्यवसायी जिम्मेवार बन्नुपर्छ, उपभोक्ता ठगिएको, व्यापारीले ठगी गरेको भेटिए हामी कारबाही गर्छौँ । अनुगमनकार्य नियमित हुनेछ ।”

कार्यक्रममा विभिन्न वडामा खटिएका उपभोक्ता सचेतना स्वयंसेवकले व्यवसाय दर्ता नभएका, मूल्यसूची नराखेका, म्याद नाघेका वस्तु बेच्ने गरेका र केही विक्रेताले वस्तुमा लेखेको लेवलसमेत पढ्न नसक्ने अवस्था भएको जानकारी गराएका थिए । वडा नं २ मा खटिएकी स्वयंसेवक रिमा चौधरीले विजयनगर गाउँको बजारका पसलको अवस्था बुझ्दा सबैजसो पसलले म्याद नाघेका वस्तु बेच्ने गरेका र विक्रेता वस्तुको लेवल पढ्न नजान्ने अवस्थामा रहेको जानकारी दिइन् ।

वडा नं ५ का स्वयंसेवक सञ्जु चौधरीले गाउँको बजारमा हप्ता दिनअघि म्याद नाघिसकेका वस्तु खरिद गरेर बेच्न राखेको पाइएको बताइन् । “गाउँमा म्याद नाघेका खाद्यवस्तुसमेत बेच्ने गरेका पाइएका छन्”, उनले भनिन्, “सामान खरिद गर्न बालबालिका र महिला जान्छन्, बालबालिका म्याद हेर्न जान्दैनन्, महिलाहरू पनि कोही नजान्ने, कोही ध्यान नदिने हुन्छ । यस्तो बेला व्यापारीले लापरवाही गरे स्वास्थ्य जोखिममा रहन्छ ।”

नगरपालिकाले हरेक वडामा दुई जनाका दरले १८ युवालाई स्वयंसेवकका रूपमा वडाका बजारमा पठाएको छ । नपाले यस वर्ष १३० अरु युवालाई पनि उपभोक्ता अधिकारका बारेमा अभिमुखीकरण गरेको छ । उपशाखाले वस्तुको आधारमूल्य थाहा पाउन हरेक महिनाको पहिलो साता खाद्यान्न, फलफूल, तरकारी गरी ६५ वटा उपभोग्य वस्तुको मूल्य सङ्कलन गरी सार्वजनिक गर्दै आएको छ ।

नपाका निरीक्षण अधिकृत रञ्जु आचार्य टीकापुरको बजारभन्दा ग्रामीण क्षेत्रमा झन् बढी समस्या देखिएको नगरपालिकाको अनुगमनले पनि देखाएको जानकारी दिइन्। ‘‘बजारभन्दा गाउँतिर रहेका साना बजारमा म्याद नाघेका वस्तु बिक्री भएका भेटिने गरेका छन्, त्यसैले हामीले गाउँ–गाउँका बजारमा अनुगमनका लागि स्वयंसेवक खटाएका हौँ”, उनी भनिन्, “पहिलो चरणमा सम्झाउने र अवस्थाबारे जानकारी भयो, अब आउँदा दिनमा कानुनअनुसार अघि बढ्न सकिन्छ ।”

नगरपालिकाले बजार व्यवस्थापन ऐन र नियमावली बनाएर अनुगमन, गुनासो सुनुवाइ र कारबाहीका काम सँगसँगै गरिरहेको छ । आर्थिक विकास शाखाका प्रमुख नन्दबहादुर केसीले उपभोक्ता सचेत र व्यवसायी जिम्मेवार नभएसम्म उपभोक्ता सुरक्षित हुन नसक्ने बताए । उपभोक्ता हित संरक्षण मञ्च टीकापुका अध्यक्ष एकिन्द्र तिमिल्सिना उपभोक्तालाई सचेतना कार्यक्रम गरी व्यवसायीलाई जिम्मेवार बनाउनुपर्ने सुझाव दिए ।

भजनी नगरपालिका साक्षर घोषणा

कैलालीको भजनी नगरपालिका साक्षर पालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका १५ देखि ६० वर्ष उमेर समूहका ९७ प्रतिशत नागरिक साक्षर भएसँगै एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई साक्षर घोषणा गरिएको हो ।

नपाभित्र रहेका तीन हजार ७३४ घरधुरीको सर्वेक्षणबाट सबै जना साक्षर भएको तथ्याङ्कानुसार साक्षर पालिका घोषणा गरिएको नगरपालिकाले जनाएको छ । विसं २०६७ को सर्वेक्षणअनुसार नपाभित्र निरक्षरता सङ्ख्या ११ हजार ७२० रहेकामा विसं २०७१ सम्म विभिन्न स्थानमा साक्षरता कक्षा सञ्चालन भएको थियो ।

साक्षरता कक्षाबाट १२ हजार २९ जना साक्षर बनेका थिए । यसका लागि नगरपालिकाले १२५ स्थानमा साक्षरता कक्षा सञ्चालन गरेको जनाएको छ । १५ देखि ६० वर्ष उमेर समूहले अक्षर चिन्न सक्ने साक्षरता दर बढेसँगै नपालाई साक्षर नगरपालिका घोषणा गरिएको भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले बताए । यसअघि कैलालीका जोशीपुर, जानकी, टीकापुरलगायतका पालिका साक्षर घोषणा भइसकेका छन् ।

जानकीमा आफ्नो नामः आफ्नो रुख कार्यक्रम सुरु

कैलालीको जानकी गाउँपालिकाले आफ्नो नामः आफ्नो रुख कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाका योजना तथा पूर्वाधार शाखा प्रमुख इञ्जीनियर योगेन्द्र शाहीले आफ्नो जन्मदिनको अवसर पारी कटासेस्थित खेलमैदानमा रुख रोपेर सो अभियानको सुरु गरेका हुन् ।

गाउँपालिकाले आव २०७९÷८० को नीति तथा कार्यक्रममा वन वातावरण तथा विपद् व्यवस्थापनका लागि पालिकालाई हरित गाउँपालिका बनाउन आफ्नो नामः आफ्नो रुख कार्यक्रम अघि सारेको थियो । वडा नं ९ स्थित कटासे फुटबल मैदानमा इञ्जीनियर शाहीले सीता अशोकका चारवटा रुख रोपेका छन्।

गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले आफ्नो जन्मदिनमा रुख रोप्ने र त्यसमा आफ्नो नाम लेख्ने कार्यक्रम सुरु गरेर पालिकालाई हरित पालिका बनाउन सहज हुने बताए । उनले हरेक नागरिकलाई आफ्नो जन्मोत्सवमा रुख आग्रह गरे । “वन वातावरण संरक्षण सबैको दायित्व हो, जन्मदिनमा कम्तीका दुई–चार रुख रोप्नसके पनि वातावरण संरक्षणमा जिम्मेवार बनाउँछ”, उनले भने, “आफूले रोपेको रुख संरक्षण गर्न पनि मन लाग्छ । त्यसैले रुख रोप्न अनुरोध गरेका छौँ । यस कार्यमा सबै पालिकाका नागरिक सहभागी हुने आशा गरेका छौँ ।”

 

Chitwan Aaja चितवन आज
आइतबार, असार १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
लुम्बिनीका पाँच मन्त्रीले लिए शपथ
विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैनः मन्त्री श्रेष्ठ
दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिकः अर्थमन्त्री वाग्ले

ताजा समाचार

सबै

लुम्बिनीका पाँच मन्त्रीले लिए शपथ

विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैनः मन्त्री श्रेष्ठ

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिकः अर्थमन्त्री वाग्ले

प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

सुदन गुरुङविरुद्ध जाहेरी दिन पुगेका जेनजीहरुलाई प्रहरी परिसरको गेटबाटै फर्काइयो

गोरखामा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि

माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक

रास्वपा जिल्ला अधिवेशनः ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार ?

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

सप्तगण्डकीको राष्ट्रिय सम्मेलन सकियो, ४२ वटा अनुसन्धान पत्रमाथिको छलफलमा १७० जनाको सहभागिता

रास्वपा चितवनको सभापतिमा तीन जनाको प्रतिस्पर्धा

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त भएको छैनः मन्त्री मेहेता

रास्वपाको कलैयामा भएको उपनिर्वचन खारेजको माग

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    प्रेसिडेन्सी कलेजद्वारा व्यवसायिक इन्क्युबेसन कार्यक्रम सुरु, चितवनको उद्यमशीलता क्षेत्रलाई टेवा

  • २.
    माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • ३.
    रवि लामिछानेको प्रस्ताव : नेपाल–भारत सम्बन्धलाई ‘विकास कूटनीति’ मा बदलौं

  • ४.
    अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

  • ५.
    कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ६.
    सार्वजनिक लेखा समितिको बैठक स्थगित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech